नियम १७
लेखापरीक्षण गराउने
(१) कार्यालयमा आम्दानी भएको राजस्वको आन्तरिक लेखापरीक्षण महालेखा नियन्त्रक कार्यालयले तोकिदिए बमोजिम सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयबाट गराउनु पर्नेछ । अन्तिम लेखा परीक्षण गर्दा हिसाब संशोधन भएमा सम्बन्धित कार्यालयले संशोधित आर्थिक विवरण तयार गरी सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयलाई दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम संशोधित हिसाब प्राप्त हुन आएमा सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयले संशोधन सहितको अन्तिम विवरण महालेखा नियन्त्रक कार्यालयमा पेश गर्नु पर्नेछ । महालेखा नियन्त्रक कार्यालयले पनि नियम १६ बमोजिम तालुक कार्यालयले तयार गरेको केन्द्रीय राजश्व लेखासँग भिडाई अन्तिम विवरण तयार गर्नु पर्नेछ ।